काठमाडौँ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा रिमाल पक्राउ परेका हुन्।
काठमाडौँ महानगरपालिका-७ का रिमाललाई केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार काठमाडौँ सिफलबाट पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर राणाका अनुसार रिमाललाई काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको छ।
नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीले दीपक भट्टसमेत भएको उक्त मुद्दामा रिमाल फरार थिए।