काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

१७ असार २०८३
तस्बिर : राष्ट्रपतिको कार्यालय
अ+
अ-

काठमाडौँ। नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार बिदाइ भेट गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले राजदूत हाश्मीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएकामा बधाई तथा शुभकामना व्यक्त गरे। उनले नेपाल-पाकिस्तान सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

भेटका क्रममा राष्ट्रपति पौडेलले दुई देशबीचको ऐतिहासिक मैत्री सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन राजदूत हाश्मीले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। साथै राष्ट्रपति पौडेलले भविष्यमा पनि द्विपक्षीय सहकार्यका क्षेत्रहरू विस्तार हुँदै जाने अपेक्षा व्यक्त गरे।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा नेपाल-पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध थप प्रगाढ बनाउन यस भेटले सकारात्मक सन्देश दिएको उल्लेख छ।