काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त भएका छन्।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले आचार्यलाई नियुक्त गरेको का.वा.मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम आचार्य नियुक्त भएका हुन्।

विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम साउन १ गतेदेखि लागू हुनेछ। आचार्य नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त र नेपाल पत्रकार महासंघका पूर्व सभापति समेत हुन्।