काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले जारी फिफा विश्वकप २०२६ अन्तर्गत पोर्चुगल र क्रोएसियाबीच भएको अन्तिम ३२ को खेललाई ‘अन्तिम मिनेटको ड्रामा’ भन्दै प्रशंसा गरेका छन्।

पोर्चुगलले इन्जुरी समयमा गोन्सालो रामोसको निर्णायक गोलमार्फत क्रोएसियालाई २–१ ले पराजित गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका हुन्।

विश्व फुटबलका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचको तस्बिर साझा गर्दै उनले पोर्चुगलको संघर्षपूर्ण जितको प्रशंसा गरेका छन्। साथै, पराजित भए पनि अन्तिम सिट्टी बज्दासम्म उत्कृष्ट प्रदर्शन गर्दै पोर्चुगललाई दबाबमा राखेको भन्दै क्रोएसियाको पनि खुलेर तारिफ गरेका छन्।

“अन्तिम मिनेटको ड्रामा! पोर्चुगलका लागि निकै मिहिनेतपूर्ण जित,” सन्दीपले फेसबुकमा लेखेका छन्। “तर पूरा जस क्रोएसियालाई पनि जान्छ, किनकि उनीहरूले आफूसँग भएको सबै शक्ति लगाएर खेले र अन्तिम सिट्टी बज्दासम्म पोर्चुगललाई दबाबमा राखे। कस्तो शानदार खेल!”

इन्जुरी समयमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगलले रोमाञ्चक जित निकाल्दै क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको थियो।