२० असार २०८३
अ+
अ-

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाडी तथा यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोतखोर टोली खटिएको छ।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ्गको कमाण्डमा ४ चार जना गोताखोरसहितको टोली असार १९ गते त्यसतर्फ हिडेको हो । आज घटनास्थल पुगेर ती उपकरणसहित खोजीकार्य हुनेछ ।

टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सुर्खेतबाट कालिकोटतर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी असार १८ गते सडकबाट अन्दाजी ६/७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।

दुर्घटना भएको खबर पाउनासाथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश तथा थप मद्दतको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट समेत ६ जना गोताखोरसहितको टोली खटिएको थियो ।