काठमाडौँ। आज संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्दैछ।
संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुने कार्यक्रम छ।
बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयहरूबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिनेछ। साथै, समितिसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा पनि छलफल हुने सचिवालयले जनाएको छ।