काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

२३ असार २०८३
नेपाल फोटो लाइब्रेरी।
अ+
अ-

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनका अवसरमा शाही युवा शक्तिले काठमाडौँको रत्नपार्क क्षेत्रमा र्‍याली निकालेको छ। जन्मदिनको अवसर पारेर आयोजना गरिएको र्‍याली रत्नपार्कबाट सुरु भई जमल हुँदै पुनः रत्नपार्कमै आएर समापन गरिएको थियो।

र्‍यालीमा सहभागीले राजसंस्थाका पक्षमा नाराबाजी गर्दै पूर्वराजाप्रति समर्थन जनाएका थिए। कार्यक्रममा सहभागीहरू राष्ट्रिय झन्डासहित उपस्थित भएका थिए।

र्‍यालीका कारण केही समय रत्नपार्क-जमल क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो।

हेर्नुहोस् थप तस्बिर :