काठमाडौँ। विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको मुद्दामा पुनः पाँच दिनको म्याद थपेको छ।
पौडेललाई बुधबार अनुसन्धानका लागि भन्दै फेरि पाँच दिनको म्याद थपिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो। सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानको माग गर्दै पौडेललाई म्याद थप गरेको थियो।
यसअघि दोस्रोपटक १५ असारमा पौडेललाई तीन दिन, १८ असारमा ६ दिन अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपेको थियो।
सुरुमा सात दिनको म्याद दिएको अदालतले तीन दिन थपेको हो। सर्वोच्च अदालतले पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज गरिदिएको थियो।