सुर्खेत। शरिरमा पेट्रोल छर्केर आत्मदाह गरेका मुगुका गणेश नेपालीकाे उपचारका क्रममा मृत्युु भएपछि सुर्खेतमा युवाहरुले विरोध जनाएका छन्।
बिहिवार महानगर प्रहरीसँगकाे विवादपछि नेपालीले काठमाडौँको त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। उनकाे शुक्रबार उपचारका क्रममा मृत्युु भएपछि युवाहरु आन्दोलनमा उत्रिएका हुन्।
युवाहरुले घटनामा संलग्नलाई कारवाही हुनुपर्ने माग गरेका छन्। युवालाई राेजगारी दिनुकाे साटाे मर्न बाध्य बनाउने सरकार आफुहरुलाई नचाहिने प्रतिक्रिया उनीहरूले दिएका छन्।
मृतकका परिवारलाई उचित राहत दिनुपर्ने उनीहरुकाे माग छ।