काठमाडौँ
००:००:००
२६ असार २०८३, शुक्रबार

२६ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठन गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरत बहादुर खड्काले जानकारी दिए। यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेको थियो।

बैठकमा ३ उपसमितिको नेतृत्व रास्वपा र बाँकी दूई उपसमितिको संयोजकको जिम्मेवारी एमाले र राप्रपालाई दिइएको छ।

बेरुजूहरू निकै पुराना र जटिल बनिसकेका ले यसलाई फस्र्योट गर्ने भन्ने विषयमा सम्बन्धित पक्षहरूसँग व्यापक छलफल गर्ने समिति सभापति खड्काले बताए।

समितिको मुख्य ध्यान बेरुजूलाई प्रक्रियागत रूपमा, नियमसम्मत र व्यवस्थित तरिकाले कसरी न्यूनीकरण गर्ने भन्ने कुरामै केन्द्रित हुने उहाले जानाकारी दिए।