फोटो फिचर
कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरी सुरक्षा
काठमाडौँ। अविरल वर्षापछि आएको बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ।
बाढीका कारण गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखिरहेका छन्।
विस्थापितहरूलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको भए पनि त्यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टरनजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ।
