२७ असार २०८३
अ+
अ-

हनोई। भियतनामको दक्षिणी फु क्वोक टापु नजिक डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चारमाध्यम ‘भीएनएक्सप्रेस’ का अनुसार पर्यटक बोकेको डुंगा शनिबार दिउँसो दुर्घटना भएको हो।

डुंगामा ३२ भारतीय पर्यटकसहित चालक दल र सेवाकर्मी गरी ३६ जना यात्रारत थिए। दुर्घटनापछि २१ जनाको सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको छ।

घटनापछि स्थानीय अधिकारी, तटरक्षक बल तथा आसपास रहेका अन्य डुंगाको सहयोगमा उद्धार अभियान सञ्चालन गरिएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।