काठमाडौ । आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शव महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकाे छ ।
नेपालीको शव परिवारले बुझ्न अस्वीकार गरेपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकाे हाे ।
उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएका नेपालीको शव प्रारम्भमा सोही अस्पतालमा राखिएको थियो । तर, परिवारले शव बुझ्न अस्वीकार गरेपछि सुरक्षित संरक्षणका लागि गएराति शिक्षण अस्पताल सारिएको वीर अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार परिवारले शव जिम्मा नलिएसम्म शवलाई शिक्षण अस्पतालको शव संरक्षण कक्ष (मर्चुरी) मा राखिनेछ ।