जनकपुरधाम। मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक आज बस्दै छ ।
दिउसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालले जनाएको छ।
हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज १ बजे देखि प्रदेश सभाको बैठक बस्ने गरिने सहमति भएपछि बैठक आह्वान गरिएको हो।
बैठक पुर्व ११ बजे सभामुख राम अशिष यादवको कार्यकक्षमा सर्वदलिय बैठक समेत बोलाइएको छ। विपक्षी दलले सरकारले ल्याएको बजेट पुर्नलेखनको माग गर्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका छन।
बैठक अवरुद्ध गर्न थालेपछि १८ गते विहिवार प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थीत गरिएको थियो। मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ।
मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।