काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२८ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले ललितपुर हरिसिद्धीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ धुनिवेशी नगरपालिका-९ का ३८ वर्षीय अनिल श्रेष्ठ, मोरङ कटहरी गाउँपालिका-४ का ३५ वर्षीय जाबेद आलम र सप्तरी खडक नगरपालिका-७ का ३४ वर्षीय विकास भगत रहेका छन्।

उनीहरूलाई ललितपुर महानगरपालिका-२९ हरिसिद्धिबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। ब्युरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सुरूमा श्रेष्ठ २५ असारमा पक्राउ परेका थिए। उनको साथबाट २९ ग्राम ब्राउनसुगर फेला परेको थियो।

श्रेष्ठमाथि अनुसन्धान गर्दै जाँदा शनिबार आलम र भगत पक्राउ परेको रेग्मीले बताए। उनीहरुको साथबाट ३०० ग्राम ब्राउनसुगर, डिजिटल तराजु र ब्राउनसुगर ओसारपसारमा प्रयोग भएको बा१७च ८३७ नम्बरको ब्रेजा गाडी बरामद भएको रेग्मीले बताए।

उक्त लागुऔषध पभारत जोगबनी तथा फारबिसगञ्ज क्षेत्रबाट विराटनगर हुँदै ललितपुर ल्याइएको अनुसन्धानले देखाएको छ। पक्राउ परेकाले ललितपुर क्षेत्रमा ब्राउनसुगर बेचबिखन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर लागुऔषध सम्बन्धी ऐन २०३३ अन्तर्गत अनुसन्धान थालिएको ब्युरोले जनाएको छ।