काठमाडौँ। प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग आर्थिक वर्ष २०८२/८३ मा नेपाल बिमा प्राधिकरणबाट भए गरेका मुख्यमुख्य कामकारबाही सम्बन्धमा जानकारी लिएको छ।
बिमा क्षेत्रको नियमनमा नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीका सम्बन्धमा, बीमित हित संरक्षण एवं बिमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरू, नेपाल सरकारको स्वामित्वमा रहेका बिमा संस्थान र कम्पनीका तीन वर्षको कार्य सम्पादन स्थिति र कार्य सम्पादनको लागि बिमा प्राधिकरणको पहलकदमीबारे जानकारी लिएको छ।
समितिका सचिव लक्ष्मण अर्यालले बैठकमा भएको छलफल र सांसदले उठाएका विचारको विस्तृत प्रतिवेदन तयार पारी १० दिनभित्र समितिलाई बुझाउन समितिका सभापति कृष्णहरि बुढाथोकीबाट निर्देशन भएको बताए।