काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

३० असार २०८३
अ+
अ-

ललितपुर। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न सुरु गरेको छ।

ललितपुरमा मंगलबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बचत फिर्ता शुभारम्भ गरे।

समस्याग्रस्त घोषित दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था‚ लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र सिभिल बचत तथा ऋण सहकारी संस्थाका एक हजार ७६६ बचतकर्ताको बचत फिर्ता सुरु गरिएको समितिले जनाएको छ।

बचत फिर्ता शुभारम्भ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले लामो समयदेखि रोकिएको बचतकर्ताहरूको बचतलाई सुरक्षित र व्यवस्थित गर्दै प्रभावकारी ढंगले फिर्ता गर्ने काम प्रदेश सरकारले अगाडि बढाएको जानकारी दिए।

बचतकर्ताको बचतलाई दुरुपयोग गर्ने सहकारीका सञ्चालकहरूलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए।

समितिले गत २२ जेठमा समस्याग्रस्त ठहर भएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो। उक्त पाँच सहकारीमा १४ हजार ६४ बचतकर्ताबाट २२ अर्ब ३८ करोड मागदाबी भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति जनाएको छ।