काठमाडौँ। सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २:०५ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो। सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।
उनलाई प्रादेशिक अस्पतालबाट थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
यसअघि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको पनि मृत्यु भइसकेको छ।