काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
अ+
अ-

काठमाडौँ। सरकारविरुद्ध प्रदर्शन गर्दा आफ्ना केन्द्रीय नेतृत्वसहितका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ।

सिंहदरबारअगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा आफ्ना विद्यार्थी नेताहरूलाई पक्राउ गरेको भन्दै अखिलका विद्यार्थीहरूले बुधबार प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसअगाडि प्रदर्शन गरेका हुन्।

उनीहरूले मलाई बोल्न दे सरकार, नालायक सरकार राजीनामा देलगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

यसअघि बुधबार बिहान सिंहदरबारअगाडि मोटरसाइकल पार्किङ गर्दै विरोध प्रदर्शन गर्दा प्रहरीले केही अखिलआबद्ध विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो।