काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

३१ असार २०८३
महेन्द्रबहादुर शाही।
अ+
अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकमा बुधबार उनले जनताका मूल मुद्दाहरूभन्दा सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिमा सरकार बढी केन्द्रित भएको आरोप लगाएका हुन्।

उनले अहिलेको जनताको चाहना भौतिक पूर्वाधारको विकास, आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय भएको धारणा राखे। शाहीले सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देशलाई विकास नभई बर्बादीतर्फ लैजाने दाबी गरे।

सांसद शाहीले प्रतिपक्षले उठाएका विषय आलोचनाका रूपमा हेरेर प्रतिरोधमा उत्रनुभन्दा सरकारले काम गरेर जवाफ दिनुपर्ने उल्लेख गरे।

सरकारको अपरिपक्व कार्यले जनतामा सरकारप्रति अविश्वास बढ्दै गएको उनको भनाइ छ।