२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नागरिक अगुवा देवेन्द्रराज पाण्डेको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ।

नागरिक आन्दोलनका अगुवा पाण्डेको ८७ वर्षको उमेरमा शुक्रबार साँझ विशालनगरस्थित उनकै निवासमा निधन भएको हो।

पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ र अग्निप्रसाद सापकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारलगायत नागरिक समाजका अगुवा, लेखक तथा अभियान्ताहरू आर्यघाट पुगेका थिए।

नेकपाका नेता श्रेष्ठले मुलुकको लोकतान्त्रिककीकरण र रूपान्तरण प्रक्रियामा पाण्डेको योगदान अतुलनीय रहेको बताए।