काठमाडौँ
००:००:००
३ श्रावण २०८३, आईतवार

३ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ९ सय  रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।