काठमाडौँ। पाकिस्तानको इस्लामाबादमा हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ।
नेपाल भलिबल संघले आइतबार एक कार्यक्रमकाबीच बिदाइ गरेको हो। नेपालको पुरुष टिमले पहिलोपटक विश्व वरीयता प्राप्त प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगिता २२ देखि २९ जुलाईसम्म हुँदै छ।
हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन्। नेपाली टोलीको प्रशिक्षकमा जगदीशप्रसाद भट्ट र सहायक प्रशिक्षकमा रूपेशकुमार विष्ट छन्। प्रतियोगिता नेपाल र आयोजक पाकिस्तानसहित ६ टिमले प्रतिस्पर्धा गर्दै छन्।
टोलीका प्रशिक्षकले प्रतियोगिताका लागि खेलाडीहरूले आवश्यक तयारी पूरा गरेको बताउँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्ने लक्ष्य रहेको जानकारी दिए। खेलाडी हरिहजुरी थापाले सम्पूर्ण नेपालीको अपेक्षाअनुसार उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।