काठमाडौँ
००:००:००
४ श्रावण २०८३, सोमबार

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। अविरल वर्षाका कारण आज पनि काठमाडौँको माइतीघर क्षेत्र जलमग्न बनेको छ।

पानीको निकास नहुँदा सडकमा पानी जमेर केहीबेर माइतीघर क्षेत्रमा सवारीसाधन आवतजावत प्रभावित बन्यो।

वर्षासँगै सडकमा पानी भरिँदा पैदलयात्री र सवारीसाधन आवागमनमा समस्या भयो। आसपासका घर तथा पसलमा समेत अविरल वर्षापछि भएको डुबानले असर पुगेको छ।

यसअघि पनि भारी वर्षाका कारण माइतीघर क्षेत्र जलमग्न हुने गरेको थियो।