काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

नयाँदिल्ली। दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले बुधबार दिल्लीका १६ वटा स्टेसन बन्दको घोषणा गरेको छ।

डीएमआरसीले बुधबार बिहान ११:२७ बजे १६ मेट्रो स्टेसन बन्द गर्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन्।

डीएमआरसीले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा १६ मेट्रो स्टेसनहरूको नाम जारी गर्दै लेखेको छ, “यी मेट्रो स्टेसनहरू अर्को सूचना नभएसम्म बन्द रहनेछन्। यद्यपि राजीव चोक, मन्डी हाउस र केन्द्रीय सचिवालयमा इन्टरचेन्ज सुविधाहरू उपलब्ध रहनेछन्।”

डीएमआरसीले बन्द गर्ने आदेश दिएका १६ मेट्रो स्टेसन :

लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मन्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम।