काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ महानगरपालिका ४ स्थायी ठेगाना भएका शंकरलाल अग्रवाललाई आज (बुधबार) डिल्लीबजारबाट पक्राउ गरेको हो।
दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा अग्रवाल फैसला मितिदेखि नै फरार रहँदै आएका थिए।
अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए। -रासस