काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। नेपाली विवाहित महिलाका लागि मिसेस नेपाल वर्ल्ड-२०२६ को आवेदन खुलेको छ।

आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरेर आवेदन खुलाइएको जानकारी दिएको हो।

पहिलो चरणको अडिसनअघि खल्ती एप वा रिबन इन्टरटेनमेन्टको वेबसाइटबाट आवेदन दिन सकिनेछ। पहिलो चरणको अडिसन २३ साउनमा काठमाडौँमा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए।

उनका अनुसार अडिसनबाट छनोट भएकालाई व्यक्तित्व विकास, सञ्चार कला, सार्वजनिक प्रस्तुति, र्‍याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्वलगायत विषयमा ४५ दिनसम्म प्रशिक्षण दिइनेछ।

प्रतियोगिताको विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउने उनले बताए। यसबाहेक मिसेस नेपाल इन्टरनेसनल २०२६, एमएस इन्टरनेसनल २०२६, मिसेस नेपाल कोस्मो २०२६ पनि प्रतियोगीबाटै चयन गरिनेछ।

प्रतियोगितामा सहभागी हुन कुनै उचाइ र तौल तोकिएको छैन। प्रतियोगिताको फाइनल १४ कात्तिकमा हुनेछ।