काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४८० निर्धारण भएको छ।
हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ३७० निर्धारण भएको थियो।