काठमाडौँ। सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।
अदालतबाट छुटेको एक सातापछि उनी पार्टीको कार्यक्रममा देखिएका हुन् ।
४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहीबार आयोजित प्रवचन कार्यक्रममा उनी सहभागी भए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल ८ असारमा सुर्खेतमा पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा बसेपछि अदालतले १ साउनमा उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।
