काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
अ+
अ-

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा तिन सय रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।