काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
फाइल तस्बिर : नेपाल प्रहरी
अ+
अ-

काठमाडौँ। प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका-५ बाट प्रहरीले बुधबार राति ३ हजार ३३२ किलो अवैध गाजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ जाँदै गरेको बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कारपियोबाट १९ बोरा, प्र.१-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा रहेको गाँजा बरामद गरेको थियो।

उक्त गाँजा कहाँबाट ल्याइएको भन्ने खुलेको छैन। प्रहरीले हाल फरार तीन वटै सवारी साधनका चालकहरूको खोजी गरिरहेको छ।