९ श्रावण २०८३
यामलाल कँडेल।
अ+
अ-

वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन्।

कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज (शनिबार) बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री कँडेलविरुद्ध गत ३२ असारमा प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि शनिबार दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको थियो।

उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुनअघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ। गत ३२ असारमा नेपाली कांग्रेस र नेकपाका गरी १६ प्रदेश सभा सदस्यले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। -रासस