ढाका। बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति निर्वाचित गर्ने भएको छ । संविधानअनुसार राष्ट्रपतिको राजीनामापछि ९० दिनभित्र राष्ट्रपति निर्वाचन हुनुपर्छ र सेप्टेम्बरमा संसद्ले नयाँ राष्ट्रपतिको चयन गर्नेछ कानुनमन्त्री मो। असादुज्जामानले शनिबार ढाकामा पत्रकारहरूसँग बताए।
उनले भने, ‘संसद्को दोस्रो अधिवेशन जुलाई १५ मा समाप्त भएको थियो। तेस्रो अधिवेशन दुई महिनाभित्र, अर्थात् सेप्टेम्बर १४ सम्म बोलाउनुपर्छ ।’ संसद् सचिवालयले शुक्रबार मिडियालाई पुष्टि गरेको छ कि सभामुख हाफिज उद्दिन अहमदले मोहम्मद शहाबुद्दिन चुप्पुको राजीनामापछि संविधानअनुसार राष्ट्रपतिको कामकाज सञ्चालन गर्न थालेका थिए ।
सिन्ह्वासँग कुरा गर्दै राष्ट्रपतिको प्रेस सचिव मोहम्मद सरवार आलमले शहाबुद्दिनले गम्भीर बिरामी रहेको उल्लेख गर्दै सभामुखलाई राजीनामापत्र बुझाएको पुष्टि गर्नुभयो । बङ्गलादेशको संविधानअनुसार संसद सदस्यहरू राष्ट्रपति निर्वाचनका मतदाता हुन् ।
प्रधानमन्त्री तारिक रहमानको बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) संसदमा बहुमत रहेकाले त्यसको उम्मेदवार नै बङ्गलादेशको अर्को राष्ट्रपति निर्वाचित हुने व्यापक रूपमा अपेक्षा गरिएको छ ।