काठमाडौँ
००:००:००
१० श्रावण २०८३, आईतवार

१० श्रावण २०८३
लुम्बीनी प्रदेश सरकार। तस्बिर : सीपी खनाल
अ+
अ-

बुटवल । नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपाबीच सत्ता साझेदारी गर्ने सहमतिपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएको कांग्रेस सरकारबाट अलग हुँदैछ।

आज आइतबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा दिने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले जानकारी दिए।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्नेछन्।