काठमाडौँ। स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि मूल्य बढेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँले बढेर ४ हजार ४ सय १० रुपैयाँ पुगेको छ। शुक्रबार प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।