काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि बाङ्लादेशका क्रिकेटर शाकिब अल हसनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।
विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिबले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
४० वर्षीय शाकिब अल हसन विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीहरूबाट खेलिसकेका अनुभवी खेलाडी हुन्। बांङ्लादेशका पूर्व कप्तानसमेत रहेका उनले १२९ टी-२० अन्तर्राष्ट्रिय खेलमा २,५५१ रन बनाउनुका साथै १४९ विकेट लिएका छन्।
यस्तै, सबैखाले टी-२० क्रिकेटमा उनले ४७८ खेल खेल्दै ७,८५३ रनबनाएका छन् भने ५१५ विकेटसमेत आफ्नो नाममा दर्ज गरेका छन्।