काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा चार हजार ३०० रुपैयाँले घटेर दुई लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा एक सय ३५ रुपैयाँले घटेर चार हजार ३१० रुपैयाँ कायम भएको छ।अघिल्लो दिन सोमबार चाँदीको मूल्य प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।