काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो।

त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ३६८ जना घाइते उपचाररत छन् । जसमध्ये ३२१ जना अस्पतालमा उपचाररत छन्। हालसम्म ९४९ जना डिस्चार्ज भइसकेको छन्।

काठमाडौंका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टर ८, सिभिल अस्पताल ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पताल ३, फ्रन्टलाइन अस्पताल ३, केएमसी अस्पताल २, त्रिवि शिक्षण अस्पताल १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।