काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले आफू वार्तामै व्यस्त रहेको बताएका छन्।
जेन–जी आन्दोलन पछि उत्पन्न परिस्थितिको सहजिकरण नेपाली सेनाले गरिरहेको छ।
बिहीबार नेपालन्युजसँगको संक्षिप्त कुराकानीमा प्रधान सेनापति सिग्देलले आफू विभिन्न पक्षसँग वार्तामा रहेको र अहिले कुनै पनि विषय सार्वजनिक जानकारीका लागि भन्न नसक्ने प्रतिक्रिया दिएका हुन्। सिग्देलले भने, “वार्तामै छु, अहिले केही भन्न सक्दिनँ।”
प्रधानसेनापति सिग्देलले जेन–जी आन्दोलनसँग जोडिएका विभिन्न पक्षसँग बेग्लाबेग्लै कुराकानी गरिरहेका छन्।
बिहीबार नै उनले जेन–जी आन्दोलनका प्रतिनिधिहरूसँग भएको कुराकानीको बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।
त्यसबाहेक, राष्ट्रपति रामचन्द्र पौडेल, अन्तरिम सरकारको लागि जेन–जी प्रतिनिधिहरुले प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र प्रधान सेनापति सिग्देलबीच बिहीबार साँझै छलफल समेत भएको छ।