काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

ब्रासिलिया। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सनारोलाई २०२२ को चुनावी हारपछि पनि सत्तामा टिकिरहने प्रयासमा ‘कू’को षड्यन्त्रमा दोषी ठहर गर्दै २७ वर्ष तीन महिनाको जेल सजाय तोकेको छ ।  

यो फैसलाले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो प्रजातन्त्रमा राजनीतिक विभाजनलाई थप गहिरो बनाइदिएको छ भने संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा समेत चिसोपना ल्याउन सक्ने अनुमान गरिएको छ।

यो निर्णय बोल्सोनारोले अघि सारेको दक्षिणपन्थी पपुलिष्ट आन्दोलनका लागि ठूलो धक्का मानिएको छ । पाँच न्यायाधीशमध्ये चार जनाले दोषी ठहर गर्ने पक्षमा निर्णय दिएका थिए भने एक मात्र विपक्षमा थिए । यससँगै बोल्सोनारो ब्राजिलको इतिहासमै लोकतन्त्रविरुद्ध आक्रमण गरेको अभियोगमा कारावास सजाय पाउने पहिलो पूर्व राष्ट्रपति बनेका छन् ।