काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषण आएको भन्दै जंगी अड्डाले आपत्ति जनाएको छ।

शुक्रबार बिहान सूचना जारी गर्दै सेनाले भ्रामक र झुटा समाचारहरूमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सेनाबारे केही बुझ्नुपरेमा बुझ्न देशव्यापी रूपमा सेनाले सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ।

सेनाले पूर्व, मध्य, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम, सुदूरपश्चिम र उपत्यका क्षेत्र सबैतिर समन्वय गर्न सम्पर्क नम्बर दिएको छ।