काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ भाद्र २०८२
अ+
अ-

सुर्खेत। कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन्।

आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको माग गरेका छन्।

आम नागरिक र खासगरी युवापुस्ताबीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहल पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढेको स्वीकार्दै विगतमा देखिएका यस्ता कमजोरीलाई सच्याउनु र आत्मसमीक्षा गरी आआफ्नो ठाउँबाट सुधार गर्न विज्ञप्तिमार्फत सुझाइएको छ।