काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१ आश्विन २०८२
अ+
अ-

काठमाडौं। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको बर्दी लुटेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुमपूर्वका दीपेश शाही रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनलाई बुधबार पोखराबाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

जेन-जी आन्दोलनका क्रममा २४ भदौमा जिल्ला प्रहरी कार्यालयमा आगजनी गरिएको थियो। यसक्रममा एसपी ओलियाको बर्दी लुटेर शाहीले पहिरिँदै फोटो तथा भिडिओ खिचेका थिए।

पक्राउ परेका शाहीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।