बीबीसी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति पुटिनलाई खुला पत्र लेख्दै आमनेसामने वार्ताको प्रस्ताव गरेका छन् । युद्ध अन्त्य गर्ने प्रयासस्वरूप उनले प्रत्यक्ष संवादमार्फत समाधान खोज्न आग्रह गरेका हुन् ।
जेलेन्स्कीले पत्रमा अमेरिका फेरि युरोपको युद्धमा केन्द्रित हुने प्रतीक्षा गर्नु उचित नहुने उल्लेख गर्दै युक्रेन र रुसबीच प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने बताएका छन् । उनले प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्धविराम गर्न पनि आग्रह गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेटवार्ता भए “उत्कृष्ट” हुने प्रतिक्रिया दिएका छन् । क्रेमलिनले पत्र प्राप्त भएको पुष्टि गर्दै पुटिनलाई त्यसबारे जानकारी गराइने जनाएको छ । पत्रमा जेलेन्स्कीले पुटिनमाथि व्यंग्य गर्दै ‘२६ वर्ष सत्तामा बिताइसकेपछि उमेरले असर गर्न थालेको’ टिप्पणी गरेका छन् ।
उनले युक्रेनले प्रत्यक्ष संवादमार्फत युद्ध अन्त्य गर्न चाहेको उल्लेख गर्दै स्विट्जरल्याण्ड वा टर्कीजस्ता देशमा भेटवार्ता गर्न प्रस्ताव गरेका छन् । यसअघि पनि युक्रेनले प्रत्यक्ष वार्ताको प्रस्ताव गर्दै आएको थियो । त्यसको प्रतिक्रियामा क्रेमलिनले जेलेन्स्कीलाई मस्कोमा स्वागत हुने बताएको छ । यसैबीच सेन्ट पिटर्सबर्गमा आयोजित पत्रकार सम्मेलनमा पुटिनले आफू युक्रेनसँग सम्झौता गर्न तयार रहेको बताएका छन् । तर त्यसका लागि दुवै पक्षले सम्झौता गर्नुपर्ने उनको भनाइ छ ।
रुसले डोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिझ्झिया क्षेत्रबाट युक्रेन पछि हट्नुपर्ने तथा नेटो सदस्य बन्ने प्रयास त्याग्नुपर्ने अडान दोहोर्याएको छ । युक्रेनले भने भूभाग त्याग्न अस्वीकार गर्दै त्यसो गरे भविष्यमा पुनः आक्रमणको जोखिम बढ्ने जनाएको छ ।
जेनेभा, अबुधाबी र इस्तानबुलमा भएका अघिल्ला शान्ति वार्ताहरू निष्कर्षविहीन बनेका थिए भने हाल युद्धविरामसम्बन्धी वार्ता पनि ठप्प छ । जेलेन्स्कीले पत्रमा युद्धका