काठमाडौं । विद्युत् नियमन आयोग अध्यक्षका लागि १० जना र सदस्यका लागि २२ जनाको आवेदन परेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिको सूचनापछि अध्यक्ष र सदस्यका लागि कुल ३२ जनाको आवेदन परेको हो ।
आयोग ऐन, २०७४ को दफा ४५ बमोजिम १ जना अध्यक्ष र ४ जना सदस्य (एक महिलासहित) पदमा नियुक्तिका लागि जेठ ७ गते आवेदन आह्वान गरिएको थियो ।
१५ दिन अर्थात् जेठ २१ गतेसम्मका समय दिएर आह्वान गरिएकोमा ३२ जनाले आवेदन दिएको सिफारिस समितिले जनाएको छ ।