काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
गुरु बराल।
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका सांसद गुरु बरालले संसद्‌को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

संसद् भवन सिंहदरबारमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अब संसद्‌को गतिरोध अन्त्य गर्न पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।

संसद्‌मा प्रधानमन्त्रीलाई बोलाएर उक्त अभिव्यक्ति सच्चाउनुपर्ने आफूहरूको बटमलाइन भएको उनले स्पष्ट पारे। बजेटसम्बन्धी विषयमा छलफल गर्न निकै हतार भए पनि देशको सिमाना र नेपालले भूमि मिचेको विषय सबैभन्दा गम्भीर विषय भएको उनको भनाइ छ।

उनले रास्वपा सभापति भारतबाट फर्किएपछि देशले निकास पाउनेमा आफूहरू विश्वस्त रहे पनि त्यसो हुन नसकेकाले संसद्‌ अवरुद्ध भएको बताए।