काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

२६ जेष्ठ २०८३
अ+
अ-

नेपालगन्ज। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकामा खुसी जनाएका छन्।

अवधि पत्रकार संघ केन्द्रीय समितिले आज (मंगलबार) बाँकेमा गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहज रूपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा जेन-जीले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए।