सेयरबजार
सेयरबजारमा सोमबार ३५० कम्पनीको ५१ हजार ७०२ पटकको कारोबारमा एक करोड सात लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच
काठमाडौँ। साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले घटेको छ। दिनभर उतारचढाव बनेको नेप्से अन्तत: राताम्मे बन्दै बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार १२.२६ अंकले घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.४५ प्रतिशतले घटेको नेप्से २७११.७६ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ०.९६ अंकले घटेर ४६६.१३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.२० प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१६ प्रतिशतले घटेको छ।
सेयरबजारमा सोमबार ३५० कम्पनीको ५१ हजार ७०२ पटकको कारोबारमा एक करोड सात लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार चार अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको कारोबार भयो।
सेयर बजारमा आज ७३ कम्पनीका मात्र सेयरमूल्य बढे। १८८ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १२ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा उत्पादन तथा प्रशोधन समूहको सूचक ०.११ प्रतिशतले बढ्यो। बाँकी १२ समूहका सूचक राताम्मे बने।
जसअनुसार सोमबार वाणिज्य बैंक ०.०२‚ विकास बैंक ०.५४‚ फाइनान्स १.२६‚ होटेल तथा पर्यटन ०.४४‚ जलविद्युत् ०.४९‚ लगानी ०.३४ र जीवन बिमा समूहको सूचक ०.२९ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन समूहको सूचक भने ०.११ प्रतिशतले बढ्यो।

यसैगरी लघुवित्त ०.०५‚ म्युचुअल फन्ड ०.१४‚ निर्जीवन बिमा ०.९१‚ अन्य १.८२ र व्यापार समूहको उपसूचक १.४२ प्रतिशले ओरालो लाग्यो।
नेप्सेमा सोमबार सोपान फर्म्यास्युटिकल्स लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। ग्रिन डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ७.९४ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज हिमालयन ८०-२० म्युचुअल फन्ड अगाडि रह्यो। सोमबार यसको १३ लाख ५२ हजार ५३२ युनिट सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतियुनिट ११.७० रुपैयाँ कायम रह्यो।