सेयर बजार
२.६६ अंकले बढेको नेप्से २७८०.२५ अंकमा रोकियो
काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज (बुधबार) नेप्से एकल अंकले बढेको छ। कारोबार रकम पनि बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार २.६६ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.०९ प्रतिशतले बढेको नेप्से २७८०.२५ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.९३ अंकले बढेर ४७५.४४ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४० प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.२१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ।
सेयरबजारमा बुधबार ३४७ कम्पनीको ६२ हजार १४८ पटकको कारोबारमा एक करोड ३५ लाख २१ हजार ६१९ कित्ता सेयर किनबेच भए। जसअनुसार बुधबार पाँच अर्ब ७३ करोड ८१ लाख ७८ हजार १६५ रुपैयाँको कारोबार भयो।
नेप्सेमा मंगलबार पाँच अर्ब २६ करोड ५३ लाख ७५ हजार २९९ रुपैयाँको कारोबार भएको थियो भने सोमबार पाँच अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज १४९ कम्पनीका सेयरमूल्य बढे। ११६ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (बुधबार) १३ समूहका कारोबार भएकामा सात समूहका सूचक बढ्दा बाँकी ६ समूहका सूचक ओरालो लागे।
जसअनुसार बुधबार वाणिज्य बैंक समूहको सूचक ०.१३ प्रतिशतले घट्यो‚ विकास बैंक समूह ०.६६ प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक १.१६ प्रतिशतले घट्यो।

यसैगरी होटेल तथा पर्यटन समूह ०.१८ प्रतिशतले बढ्दा जलविद्युत् ०.११ र लगानी समूहको सूचक ०.२० प्रतिशतले घट्यो।
यस्तै जीवन बिमा १.७३‚ उत्पादन तथा प्रशोधन ०.४२‚ लघुवित्त ०.४५‚ म्युचुअल फन्ड ०.०१ र निर्जीवन बिमा समूहको सूचक ३.३७ प्रतिशतले बढ्यो। यसैगरी अन्य २.३६ र व्यापार समूहको उपसूचक ०.२४ प्रतिशले बढ्यो।
नेप्सेमा बुधबार कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गर्दा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। बुधबार आँखुखोलाको ४४ करोड २३ लाख सात हजार २७९ रुपैयाँको कारोबार भयो।
मंगलबार आँखुखोलाको ४६ करोड ७६ लाख ५८ हजार ७९८ रुपैयाँको कारोबार भएको थियो भने सोमबार आँखुखोलाको ४३ करोड चार लाख ५१ हजार ७५१ रुपैयाँको कारोबार भएको थियो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आज आँखुखोला नै अगाडि रह्यो। बुधबार यसको नौ लाख ८८ हजार १७७ रुपैयाँको सेयर किनबेच भयो।
मंगलबार यसको १० लाख ८१ हजार ३१३ रुपैयाँको सेयर किनबेच भएको थियो भने सोमबार नौ लाख ९७ हजार ५३१ रुपैयाँको सेयर किनबेच भएको थियो। यसको आज अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४४० रुपैयाँ कायम रह्यो।