काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
राप्रपा अध्यक्ष‚ राजेन्द्र लिङ्देन। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पाएको जिम्मेवारी पूरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन्।

चितवनमा रास्वपाको प्रथम महाधिवशेन उद्घाटन सत्रमा शुभकामना दिँदै आइतबार उनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको बताए। उनले पार्टीले पाएको जिम्मेवारी पूरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभई देश र जनतालाई नै धोका हुने बताए।

उनले अहिलेको समस्या यसअघिका नेताहरूका कारण मात्रै नभई उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरी मुलुक अघि बढ्न नसक्ने उल्लेख गरे। त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए।

त्यस्तै अध्यक्ष लिङ्देनले हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटोसमाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए।

प्रतिपक्षीका हिसाबले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैब खबरदारी गर्ने उनको भनाइ छ।